नेचर हर्ब्स इन्टरनेशनलको कारोबार सुरु

  ईनयाँपुस्ता  404 पटक हेरिएको

काठमाडौं : नेचर हर्ब्स इन्टरनेशनल प्रालिले औपचारिक रुपमा कारोबार सुरु गरेको छ। राजधानीमा आइतबार एक कार्यक्रम आयोजना गरी नेचर हर्ब्स इन्टरनेशनलले औपचारिक रुपमा कारोबार सुरु गरेको जनाएको छ। यससँगै नेचर हर्ब्सले वस्तुको प्रतयक्ष बिक्री वितरण गर्नेछ।

नेचर हर्ब्सका अध्यक्ष जीवी राईले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावलीअनुसार ईजाजत पत्र लिएर कारोबार सुरु गरिएको जनाए। ‘हामीले आजबाट औपचारिक काम सुरु गरेका छौं’, राईले भने, ‘हामी कानूनबमोजिम काम गर्नेछौं।’

सधैं समाचार लागि Click on 'Like'

अध्यक्ष राईले वस्तुको प्रत्यक्ष बिक्रीमार्फत लाखौं नेपालीले सुलभ र गुणस्तरीय वस्तु प्राप्त गर्नुका साथै लाखौंले रोजगारीसमेत पाउने बताए। उनले यस व्यवसायबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षामा समेत योगदान पुग्ने बताए। नेपालमा वस्तुको प्रत्यक्ष बिक्री नौलो भए तापनि विश्व बजारमा धेरै पुरानो भएको पनि राईले बताए।

गत २०७४ असोजमा वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न ऐन पारित भई राजपत्रमा प्रकाशित भए तापनि कार्यान्वयनमा आएको थिएन। नेचर हब्र्सको सञ्चालनसँगै सो ऐनसमेत कार्यान्वयनमा आएको छ।

वस्तुको प्रत्यक्ष बिक्री उत्पादक कम्पनीबाट बीचमा कुनैपनि एजेन्सीबिनै सिधै उपभोक्तासम्म पुग्ने व्यवसाय हो। यसमा कम्पनी वस्तुको प्रत्यक्ष बिक्रेता र वितरक हुन्छन्।

नेचर हर्ब्स इन्टरनेशनल प्रा।लि।ले आइतबारबाट कारोबार प्रारम्भ गरेको छ । कम्पनीको कार्यालय ललितपुरमा रहेको छ ।
सिंगापुरमा प्रधान कार्यालय रहेको नेचर हर्ब्सको मलेसियाको क्वालालम्पुरमा क्षेत्रीय प्रधान कार्यालय रहनुका साथ हङकङ, यूएई, भारत र कतारमा शाखा कार्यालय छन्।

नेचर हर्ब्सले प्रत्यक्ष बिक्री प्रर्णालीमार्फत जैविक हर्बल उत्पादनहरुलाई बिक्री वितरण गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार