अमेरिकामा कोलम्बसको सालिक तोडफोड

  एपी  420 पटक हेरिएको

बाल्टिमोर : अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन्। बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए।

प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीहरुले अमेरिकामा पछिल्ला दिनहरुमा कोलम्बस, कन्फिडेरेट नेताहरु र अरुहरुका स्मारकहरु सार्वजनिक स्थलबाट हटाउन माग गरिरहेका छन्।

सधैं समाचार लागि Click on 'Like'

प्रदर्शनकारीको विचारमा इटालेली अन्वेषक क्रिस्टोफर अमेरिकासहित पश्चिमा देशहरुमा जातिसंहार र आदिवासी जनताको शोषणका लागि जिम्मेवार रहेका छन्। बाल्टिमोर सन अखबारका अनुसार उक्त स्मारक नगरपालिकाको स्वामित्वमा रहेको तथा पूर्व मेयर विलियम डोनाल्ड साफर र राष्ट्रपति रोनाल्ड रेगनको नाममा समर्पित रहेको थियो।

बाल्टिमोरका मेयर बर्नार्ड योङका प्रवक्ता लेस्टर डेभिसले स्मारक भत्काइनु इतिहासलाई आफूखुशी व्याख्या गर्न खोजेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरुले कोलम्बसका स्मारकहरु अरु राज्य एवं शहरहरुमा पनि भत्काइएका छन्।

प्राप्त जानकारीअनुसार मायामी, रिचमन्ड, भर्जिनिया, सेन्ट पल, मिनेसोटा, बोस्टनमा रहेका कोलम्बसका शालिक तोडफोड गरिएका छन्। इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले पन्ध्रौं शताब्दीमा अमेरिका पत्ता लगाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार