भारतले रसियालाई उछिन्यो, विश्वको तेस्रो उच्च संक्रमित भारतमा

  ईनयाँपुस्ता  414 पटक हेरिएको

काठमाडौं : कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचिमा भारत तेस्रो स्थानमा उक्लिएको छ। बितेको २४ घन्टामा थप २३ हजार बढी संक्रमित थपिएसँगै भारत रसियाभन्दा माथि उक्लदै तेस्रो स्थानमा पुगेको हो।

भारतमा बितेको २४ घन्टामा २३ हजार ९३२ नयाँ संक्रमित थपिएका छन्। यससँगै यहाँ कुल संक्रमित संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ।

सधैं समाचार लागि Click on 'Like'

चौथो स्थानको रसियामा कुल संक्रमित संख्या ६ लाख ८१ हजार १५१ छन्। रसियामा बितेको २४ घन्टामा ६ हजार ७३६ नयाँ संक्रमित थपिएका थिए।

रसियामा अहिलेसम्म १० हजार १६१ जनाको यस भाइरस संक्रमणबाट ज्यान गइसकेको छ। भारतमा १९ हजार ७०० जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ।

भारतमा सबैभन्दा बढी प्रभावित राज्यहरुमा गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पश्चिमबंगाल, दिल्ली, उत्तरप्रदेशलगायत छन्। पछिल्लो समय भारतमा संक्रमण दर वृद्धि हुँदै गइरहेको छ।

यस्तै, सबैभन्दा बढी प्रभावित मुलुकको दोस्रो सूचिमा रहेको ब्राजिलमा अहिलेसम्म १६ लाख ४ हजार ५८५ जनामा संक्रमण पुस्टि भइसकेको छ। बितेको २४ घन्टामा मात्रै यहाँ २६ हजार बढीमा संक्रमण भएको छ। ब्राजिलमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६४ हजार ९०० पुगेको छ।

कोरोना भाइरस प्रभावितको सूचिमा सबैभन्दा अगाडि रहेको अमेरिकामा अहिलेसम्म २९ लाख ८१ हजार ८१५ जनामा संक्रमण भइसकेको छ। यहाँ १३ लाख २ हजार ५०० बढी संक्रमित बिरामीको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार