देशकै उत्कृष्ट हरियाली वनको वृत्तचित्र प्रदर्शन

  ईनयाँपुस्ता  541 पटक हेरिएको

मोरङ : नेपालकै उत्कृष्ट हरियाली सामुदायिक वन उपभोक्ता समूहको वृत्तचित्र विहीबार मोरङको पथरीमा प्रदर्शन भएको छ। सामुदायिक वनको ५० मिनेटको वृत्तचित्र ‘हरियाली वन’ प्रदर्शन गरिएको हो।

वैज्ञानिक वन व्यवस्थापन, सामाजिक, भौतिक, विकास, गरिबी निवारणका कामहरु, भावी योजना, त्यहाँ पाइने, जंगली जनावर र रुखबिरुवालगायत विषय समेटेर वृत्तचित्र तयार गरिएको छ।

सधैं समाचार लागि Click on 'Like'

प्रदर्शनपछि सब–डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वृत्तचित्र छिमेकी सामुदायिक वनका पदाधिकारीहरु, जनप्रतिनिधिहरुसमेत बोलाएर देखाउनु पर्ने बताए।

वन समूका अध्यक्ष काबुलबहादुर मगरले वृत्तचित्र राम्रो बनेको भन्दै निर्माण पक्षको प्रशंसा गरे। वृत्तचित्र पुनः प्रदर्शन गरिने उनले जनाए।

प्रदर्शन कार्यक्रममा समूहका पूर्व अध्यक्षहरु कर्णबहादुर गुरुङ, देवीप्रसाद भेटवाल, रिता गिरी, वर्तमान पदाधिकारी, सल्लाहकार र दुई सय बढी उपभोक्ता सहभागी थिए।

वृत्तचित्रको स्क्रिप्ट लेखन अर्जुन जम्नेली राई, निर्देशन सन्तोष राई, छायांकन करण धिताल, आवाज प्रस्तुति बबिता राई र दृश्य सम्पादन ईस्वर दुलालले गरेका छन्।

वृत्तचित्रमा जंगली जनावर, विभिन्न प्रजातिका चराहरु, कछुवा, सर्पहरु र वैज्ञानिकको आकर्षक दृश्यहरु समेटिएको समूहको कार्यलय सचिव लिला गुरुङले बताए।

समूहले हरियालीकै मातहत रहने गरि हरियाली सामुदायिक वन प्रालि गठन गरेर २० करोडको लगानीमा पर्यटन बिकासको लागि पूर्वाधार निर्माण सुरु गरेको छ।

हरियाली वन, उपभोक्ताहरु, नगरका स्थानीय बासिन्दा, नगरपालिकालाई शेयर रकम संकलन गरेर भौतिक पूर्बाधार निर्माण सुरु गरेको हो। कम्पनीमा पथरीशनिश्चरे नगरपालिकाले चार करोड शेयर लगानी छ।

मुख्य सडकसँग जोडिएको हरियाली कम्पनीले आकर्षक छहरा, गार्डेन, स्वीमिङ पुल, बोटिङङ तथा पिकनिक स्पट निर्माण गर्दैछ। पर्यटनसँगै कृषि विकासमा जोड दिने अध्यक्ष मगरले जनाएका छन्।

यस हरियाली सामुदायिक वन गत वर्ष नेपालकै उत्कृष्ट घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनामा ‘गणेशमान सामुदायिक वन पुरस्कार’ प्राप्त गरेका थिए। नेपालको संघीय वन मन्त्रालयअन्तर्गत वन विभागले प्रत्येक वर्ष उत्कृष्ट वन घोषणा गर्दछ।

पथरीको हरियाली वन त्यसअघि पनि राष्ट्रव्यापी सान्त्वना पुरस्कार प्राप्त गरेको थियो। नेपालको प्रथम घोषणा भएपछि मेचीदेखि महाकालीसम्मबाट अध्ययन भ्रमणमा आउने गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार