विभाजित संसारले कोरोना सङ्कटलाई जित्न सक्दैनः डब्लुएचओ

  एजेन्सी  238 पटक हेरिएको

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट संयुक्तराज्य अमेरिका औपचारिक रूपमा बाहिरिँदै गएको छ। अमेरिकाको यसखाले कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।

‘विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन’, डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले बिहीबार जेनेभास्थित मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा भने, ‘हामी यस महामारीलाई विभाजित संसारको रूपमा हराउन सक्दैनौं। दुश्मनलाई फाइदा दिन चाहँदैनौं भने सहकार्य नै यसको समाधान हुनेछ।’ उनले विश्वलाई बन्धक बनाउने भाइरसलाई दुश्मनको संज्ञासमेत दिँदै सबै एकजुट हुन आह्वान गरे।

सधैं समाचार लागि Click on 'Like'

यसैबीच, समस्याको थप सहज रूपमा समाधान खोज्न भन्दै डब्लुएचओले महामारी प्रतिरोध समितिको गठन पनि गरेको छ। अमेरिकाले कोरोनाभाइरस सङ्कटसम्बन्धी विषयमा डब्लुएचओको भूमिकालाई लिएर आलोचना गरेपछि न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेनजनेनसोन सरलिफको नेतृत्वमा महामारी प्रतिरोधका लागि स्वतन्त्र समितिको गठन भएको हो।

जिम्मेवारीबारे बोल्दै डब्ल्यूएचओ प्रमुख गेब्रियससले भने, ‘के भएको छ भन्ने सत्यतालाई बुझ्न र हाम्रो मानवता अझ राम्रो बनाउन नयाँ उपायहरूको खोजीमा समितिले काम गर्दै विश्वलाई प्रकाश पार्नेछ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार