विकृतिलाई सबक दिन ‘रक तिज’

  ईनयाँपुस्ता  284 पटक हेरिएको

काठमाडौं : डिएआर मुभिजले ‘रक तिज’दोहोरी गीत सार्वजनिक गरेको छ। तिजमाथिको विकृतिलाई गीतमार्फत् देखाउन खोजिएको छ।

व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जेको रहेको छ। भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पाश्र्व स्वर रहेको छ।

सधैं समाचार लागि Click on 'Like'

र्यापर जगत तिर्वाले गीतमा र्याप गरेका छन्। जगतको र्यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ। गीतको संगीत संयोजन जीवन बडुले गरेका छन्।

प्रभावन जेको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुनुवार, मुकेश घतानीलगायतले अभिनय गरेका छन्।

ज्ञानेन्द्र शर्मा हुमागाई को उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी र यमुना पाण्डेको शृंगार रहेको छ। विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार