सिङ्गापुरमा सत्तारुढ पिएपी पुनः निर्वाचित

  एजेन्सी  238 पटक हेरिएको

निर्वाचत परिणाम आफ्नो पक्षमा आएपछि खुसियाली मनाउँदै पिएपीका समर्थक। तस्विरः रोयटर्स

सिङ्गापुर: सिङ्गापुरमा सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी)ले पुनः सरकार बनाउने भएको छ। शुक्रबार भएको आम निर्वाचनमा सत्तारुढ पिएपीले खसेको मतमध्ये कुल ९० प्रतिशत नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० सिट मात्रै जितेको छ।

निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दल पिएपीले पुनः सरकार गठन गर्नेछ। सत्तारुढ पिएपी सन् १९५९ देखि निरन्तर सरकारमा रहँदै आएको छ।

सधैं समाचार लागि Click on 'Like'

आफ्नो पक्षमा निर्वाचन नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले परिणामलाई सकारात्मक र सन्तोषजनक भएको बताएका छन्। उनले यस नतिजलाई अति ठूलो उपलब्धि र अनपेक्षित नभएको बताएका छन्।

‘अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश होइन’, उनले भने, ‘मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिएँ, तर पनि राम्रोचाहिँ भएको छ।’

उनले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रियनै भएकाले यसको पूर्ण आदर गर्ने पनि बताए। निर्वाचनमा कूल मतदातामध्ये ६१.२४ प्रतिशत मतदाता सहभागी थिए।

सत्तारुढ दल पिएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएको थियो। अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशत मात्रै ल्याएको हो।

कोरोना भाइरस महामारीका कारण मतदानका लागि सामाजिक दुरी कायम गरिएको थियो। देशभर मतदान केन्द्रहरु ११ सय राखिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार