तस्विरमा ८० प्रतिशत काम सकिएको पुनर्निर्मित रानीपोखरी

  ईनयाँपुस्ता  802 पटक हेरिएको

काठमाडौं : रानीपोखरी पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ। पाँच वर्षअघि १२ वैशाखमा गएको भूकम्पबाट रानीपोखरी क्षतिग्रस्त बनेको थियो।

क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण जिम्मा गत वर्षको १४ वैशाखदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको थियो। दुई वर्षअघि राष्ट्रिय भूकम्प दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गरेकी भएपनि अन्योल थियो।

सधैं समाचार लागि Click on 'Like'

तर, अहिले ८० प्रतिशत कार्य सम्पन्न भएसँगै रानीपोखरीको नयाँस्वरुप देख्न सकिने आशा पलाएको छ। रानीपोखरी प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गरिएको छ।

प्रताप मल्लले रानीपोखरीको केन्द्रमा बालगोपालेश्वर मन्दिर स्थापना गराएका थिए। साथै, चारैतिर उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरव मन्दिर, उत्तर–पूर्वी कुनामा भैरव मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको छ।

मल्लकालीन यो मन्दिरलाई जंगबहादुर राणाले बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए। १९९० सालको भुइँचालोमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिए।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार