रामबहादुर एसियन चेस च्याम्पियनसिपको पाँचौं स्थानमा

  ईनयाँपुस्ता  493 पटक हेरिएको

काठमाडौं : नेपाली खेलाडी रामबहादुर क्षत्रीले एसियन अनलाईन चेस च्याम्पियनसिपमा पाँचौं स्थान हासिल गरेका छन्। मंगलबार सम्पन्न फाईनल चरणको खेलमा क्षत्रीले साढे पाँच अंक बटुल्दै भेट्रानतर्फ पाँचौ स्थान हासिल गर्न सफल भएका हुन्।

५० वर्ष उमेर समूहका प्रतियोगितामा क्षत्रीले ९ राउन्डको खेलमा ५ जीत एक बराबरी खेल्दै ५.५ अंक जोडेका थिए। उनले यससँगै १५० अमेरिकी डलरसमेत प्राप्त गरेका छन्।

सधैं समाचार लागि Click on 'Like'

यसअघि क्षत्रीले नेपालको प्रतिनिधित्व गर्दै ३.२ जोनमा दोस्रो स्थान हासिल गरी फाईनलका लागि छनोट भएका थिए। उनले फाईनलमा उत्कृष्ट प्रदर्शन गर्नाका बाबजुद ३ खेल गुमाएका थिए। यद्यपि, अन्तिम चरणको खेलमा जीत वा बराबरी नतिजा निकाल्न सकेको भए उनी दोस्रो स्थानमा आउँथे।

प्रतियोगितामा फिलिपिन्सका जिएम (ग्राण्डमास्टर) एन्टोनियो रोजेलियो प्रथम, उब्जेकिस्तानका जिएम वाहिडोव टैर दोस्रो, उब्जेकिस्तानकै जिएम बारसोव एलेक्सी तेस्रो, फिलिपिन्सका आईएम (ईन्टरनेशनल मास्टर) डे गुन्जमान रिकार्डो चौथो भए। उनीहरुले त्रमशः अमेरिकी डलर ५००, ४००, ३००, २०० प्राप्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार