‘प्रहरीमा जागिर लगाईदिन्छु’ भन्दै ठग्ने पक्राउ

नक्कली नोटका कारोबारी पनि पक्राउ

  ईनयाँपुस्ता  416 पटक हेरिएको

काठमाडौं : प्रहरीमा जागिर लगाइै दिने प्रलोभन देखाई ठगी गर्ने एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई पक्राउ गरेको हो।

वलीलाई प्रहरीमा जागिर लगाइ दिन्छु भनी एक व्यक्तिसँग तीन लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उनलाई गत बुधबार राति पक्राउ गरिएको भएपनि शुक्रबार सार्वजनिक गरिएको हो।

सधैं समाचार लागि Click on 'Like'

परिसरका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जनाए।

प्रहरीले वलीको साथबाट अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको राजश्व सङ्कलन गरेको नक्कली कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’समूहको आर्थिक सहयोग गर्ने कागजातसमेत बरामद गरेको छ।

यस्तै, प्रहरीले नक्कली नेपाली नोटसहित बाँकेका २२ वर्षीय प्रशान्तसिंह ठकुरीलाई पनि पक्राउ गरेको छ। मोबाइल खरिद गर्ने क्रममा नक्कली नोट दिएका ठकुरीलाई विहीबार प्रहरीले पक्राउ गरेको हो।

परिसरका प्रहरी प्रमुख ज्ञवालीका अनुसार २० हजार ५०० रुपैयाँमा खरिद गरेको मोबाइलको रकम तिर्ने क्रममा १९ हजार रुपैयाँ नक्कली नोट दिएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार