रातो मच्छिन्द्रनाथको रथारोहण

  ईनयाँपुस्ता  944 पटक हेरिएको

वर्षा र सहकालका देवताका रूपमा प्रख्यात रातो मछिन्द्रनाथलाई रथारोहण गराइएको छ। शनिबार शुभ साईत पारेर रथारोहण गराइएको हो।

यसपल्ट कोरोना भाइरस महामारीका कारण रोकिएको रातो मच्छिन्द्रनाथलाई ललितपुरको पाटनस्थित तः बहाको सत्तलबाट खटमा राखेर नगर परिक्रमा गराई पुल्चोकमा बनाइएको रथमा राखिएको छ। यसपल्ट रातो मच्छिन्द्रनाथलाई रथ यात्रा गराउने सन्दर्भमा कोरोना महामारीका कारण निश्चित छैन।

सधैं समाचार लागि Click on 'Like'

यसअघि सरोकारवालाहरुको शुक्रबारको बैठकले रातो मच्छिन्द्रनाथलाई रथारोहण गराई रथ यात्रा गर्ने सहमति गरेको थियो।

रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात छन्। विकिपिडियाका अनुसार रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ।

ऐतिहासिक भनाइअनुसार कलिगत संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो। साथै, प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो।

रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ। ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। जात्रा अवधिभर ललितपुरका साथै काठमाडौं र भक्तपुर तीनै सहरका भक्तजनको ओइरो लाग्ने गर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार