साढे तीन करोडको प्रगति विवरण प्रस्तुत

  ईनयाँपुस्ता  210 पटक हेरिएको

मोरङ : पथरीशनिश्चरे नगरपालिका-४ नम्बर वडाको आय-व्यय विवरण सार्वजनिक गरिएको छ। वडाको विकासमा साढे तीन करोड लगानी भएको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। यस्तै, गत आर्थिक वर्षमा वडा, नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारबाट ३ करोड ३६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीले आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न स्थानबाट वडामा परेको बजेट र खर्च विवरण प्रस्तुत गरेका छन्। जसमा वडा सिलिङबाट एक करोड, नगरपालिकाबाट ५२ लाख ५० हजार, १ नम्बर प्रदेशबाट एक करोड ७४ लाख, संघ सरकार र सांसद बिकास कोषबाट ६३ लाख बजेट परेर शीर्षक अनुसार खर्च भएको प्रस्तुत प्रगति विवरणमा उल्लेख छ।

सधैं समाचार लागि Click on 'Like'

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, लक्षित कार्यक्रमको छुट्टाछुट्टै खर्च प्रस्तुत गरेका छन्। कोरोना भाइरसको कारण भएको लकडाउन प्रभावित ६२७ र बैशाखमा आएको हावा हुण्डरी पीडित १६ परिवारलाई राहत बितरण भएको अध्यक्ष भण्डारीले बताए।

फुसको छानो हटाउने अभियान स्वरुप नौ र हुण्डरी पीडितलाई छानो लगाउन टीन उपलब्ध गराएको छ । प्रगती प्रतिबेदनमा आर्थिक बर्ष २०७७/०७८ को लागि ७५ लाखको वडा सिलिङ बजेटको अनुमानित खर्च विवरण समेत उल्लेख छ।

वडामा १९ सय ७६ परिवारमा १० जहार २४५ जनसंख्यामा ६० प्रतिशत सुकुम्बासी रहेको र सबै खाले सुकुम्बासीको लागि धनिपुर्जा दिलाउन प्रयास भइरहेको अध्यक्ष भण्डारीले बताए।

बार्षिक प्रगति विवरण प्रस्तुत कार्यक्रममा खड्ग सुस्लिङ मगार, तुलशा दर्जी, अमरबहादुर बराइली, दिलु मगर, सचिव ललिता लावती सहभागी रहेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार