हरियाली सामुदायिक वनमा एक करोड शेयर रकम जम्मा

नेता, उद्यमीसहित सन्चारकर्मीको शेयर

  अर्जुन जम्नेली राई  1441 पटक हेरिएको

मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित हरियाली समुदायिक वन लिमिटेडमा एक करोड संस्थापक शेयर रकम जम्मा भएको छ।

हरियाली समुदायिक वन उपभोक्ता समितिले पर्यटकीय क्षेत्र विकास गर्न कम्पनी दर्ता गरेर संस्थापक शेयर खुलाएको थियो। कम्पनी दर्तापछि सञ्चालक समितिको ३ असारमा बसेको बैठकले शेयर आव्हान गरेको थियो।

सधैं समाचार लागि Click on 'Like'

कम्पनीले समुदायिक वनभित्र वन विकास र जंगली जनावरलाई असर नपर्ने गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न २० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएर शेयर आव्हान गरेको हो। शेयर गत १५ साउनसम्म लगाउन म्याद थियो।

कम्पनीले हरेक शेयरधनीलाई पहिलो किस्तास्वरुप प्रतिबद्धताको २० प्रतिशत रकममात्र माग गरेको थियो। जसमध्ये वनको उपभोक्ता, नगरको मतदाता, पथरीशनिश्चरे नगरपालिका, उद्योग वाणिज्य संघ, निजी कम्पनी, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार गरी शुक्रबार (१६ साउन)सम्म ८०५ जनाबाट ९६ लाख ११ हजार नगद जम्मा भएको कम्पनीका अध्यक्ष देवीप्रसाद भेटवालले जानकारी दिए। यस्तै, करिब ६० वटा फारम कम्पनीबाट गएपनि भौचर आउन बाँके रहेको पनि अध्यक्ष भेटवालले जनाए।

पथरीशनिश्चरे नगरपालिकाले कुल लगानीको १० प्रतिशत अर्थात् दुई करोड लगाउने लिखित प्रतिबद्धता दिएको छ। हरियाली सामुदायिक वन आफैले ३५ प्रतिशत बराबर हुन आउने ७ लाख शेयर लगाउँदै छ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, ३ नम्बर वडा अध्यक्ष डम्बर चेम्जोङ, विभिन्न वडाका सदस्यहरु काशिहाङ राई, अग्नि गुरुङ, कुमारी सार्की, वन कर्मी तथा नेपाली काग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, नेकपा मोरङ जिल्ला सदस्य दिनानाथ तिम्सिनालगायतले सस्थापक शेयर लगाएको कम्पनीले जनाएको छ।

पथरी उद्योग वानिज्य संघका अध्यक्ष दीपक बस्नेत, नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ ९फोनिज० १ नम्बर प्रदेशकापिहत नेपाल पत्रकार महासंघ मोरङ जिल्लाका पत्रकारले समेत संस्थापक शेयर खरिद गरेका छन्।

मोरङ लेटाङको बीबी ट्रेड सेन्टरले १० लाख, पथरी उद्योग वाणिज्य संघ, पथरीकै कृष्ण इम्पोरियम, साल्पा होटेल, प्रशान्त फ्रेन्सी स्टोर, नमस्ते बुद्ध इन्भेस्टमेन्ट र वन उद्यम पूर्वाधार बैंक काठमाडौले ५-५ लाखको दरले शेयर खरिद गरेको छ।

झापा दमकको खजुम साना निर्माण सेवा, पथरीकै सगुन होटल, ए वान समिल, सुम्हालुङ कृषि फर्माले २-२ लाखको दरले शेयर खरिद गरेका छन्। अहिले कम्पनीको नियमअनुसार प्रतिबद्धको २० प्रतिशत रकम जम्मा भएको हो।

शेयर खुलेको २० करोडमा नगरपालिकाले १० र बाँकी रहेको ९० प्रतिशत मध्ये हरियाली सामुदायिक वन उपभोक्ता समितिले ३५, हरियालीको उपभोक्तालाई २५, नगरपालिकाभित्रका मतदाता परिचय पत्रको आधारमा २० र उद्यम तथा पर्यटनसम्बन्धी काम गर्दै आएका निजी क्षेत्रका कम्पनी तथा व्यक्तिहरुका लागि १० प्रतिशत शेयर वितरण गर्ने निर्णय भएको थियो।

शेयर संकलनसँगै हरियाली भित्र झर्ना, गार्डेन, विभिन्न रंगीन माछासहितको एक्युरियमम, नेपालको आकारमा बोटिङसहितको पोखरी निर्माण सुरु भएको हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरले बताए।

कम्पनीले वन बिकासमा असर नपर्ने गरि स्विमिङ पुल, ट्रीहाउस, बोटिङ, साइक्लिङ, बाल उद्यम निर्माण गर्ने योजना गरेको अध्यक्ष मगरले बताए। कम्पनीले पर्यटकीय क्षेत्रको साथै शेयर सदस्यहरुलाई रोजगारी दिने उद्देश्यले कृषि लगायतको क्षेत्रमा लगानी गर्ने योजना रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार