चेस ओलम्पियाडः नेपालको उत्कृष्ट सुरुवात

  ईनयाँपुस्ता  687 पटक हेरिएको

कठमाडौं : अनलाईन चेस ओलम्पियाडमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। ओलम्पियाडअन्तर्गत डिभिजन–४ ‘पुल ए’को शुक्रबार सम्पन्न पहिलो दिनको खेलमा नेपालले दुई जीत र एक बराबरी नतिजा निकालेको छ। यस नतिजासँगै नेपालले ५ अंक बटुली समूहको तेस्रो स्थानमा रहन सफल भएको छ।

चेसको महाकुम्भ मानिएको फिडे अनलाइन ओलम्पियाडमा नेपालले तान्जानिया र बहराइनमाथि जीत हासिल गरेको हो। माल्दिभ्ससँग नेपालले अंक बाँडेको छ।

सधैं समाचार लागि Click on 'Like'

डिभिजन–४ ‘पुल ए’मा १० राष्ट्र समेटिएका छन्। दसै राष्ट्र एकापसमा ९ चरणसम्मको खेल खेल्नु पर्नेछ। यसपछि समूहको उत्कृष्ट तीन देश अर्को चरणका लागि छनोट भई डिभिजन–३मा प्रतिस्पर्धा गर्नेछन्।

समूहका थप ६ खेल शनिबार र आइतबार हुनेछन्। दुवै दिन तीन–तीन चरणका खेल हुनेछन्। जारी अनलाईन ओलम्पियाडमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामाको नेतृत्वमा १३ खेलाडी सहभागी छन्।

अगस्ट ३० सम्म सञ्चालन हुने प्रतियोगिता २५ जुलाईदेखि सुरु भएको हो। यस महाकुम्भमा विश्वभरका १६३ टिम सहभागी छन्। जसमा विश्वभरका १५ सय खेलाडीले भाग लिएका छन्।

साथै, प्रतियोगितामा २२३ ग्रान्डमास्टर र हजार जना फिडे उपाधि लिएका खेलाडी छन्। प्रतियोगितामा डिङ लिरेन, आएन नेपोम्नियाट्ची, अनिश गिरी, विश्वनाथ आनन्द, वेस्ली सोलगायत सुपर ग्रान्डमास्टरसमेत सहभागी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार