चेकमेट मेट सिरिज: फिडेमास्टर जयसवाल बने च्याम्पियन

  ईनयाँपुस्ता  695 पटक हेरिएको

काठमाडौं : फिडे मास्टर (एफएम) रुपेश जयसवाल ‘चेकमेट मेट सिरिज’को पहिलो संस्करणमा च्याम्पियन बनेका छन्। शुक्रबार राति सम्पन्न खेलमा एफएम जयसवालले ९ अंक जोड्दै च्याम्पियन बन्न सफल भएका हुन्। कुल ११ राउन्डको समाप्तिमा एक खेल हारेका जयसवालले ८ जीत र दुई बराबरी खेल्दै विजेता बनेका हुन्।

राष्ट्रियस्तरको अनलाईन चेस प्रतियोगितामा झापाका राजन सुवेदी ८.५ अंक जोड्दै दोस्रो भए। सुवेदीले ८ जीत, एक बराबरी खेले तापनि दुई खेलमा अंक गुमाएका थिए।

सधैं समाचार लागि Click on 'Like'

यस्तै, ८ अंक जोडेका फिडेमास्टर क्षितिज भण्डारी तेस्रो भए। समान ८ अंक जोडेका युवा खेलाडी सुमित पन्त चौथो स्थानमा रहे। उनी टाइब्रेकमा पछाडि परेपछि चौथो स्थानमै चित्त बुझाउनु परेको हो।

नेपालकै पहिलो वरियताका खेलाडी विवेक थिङ (लामा) पाँचौं भए। तीन खेल गुमाएका लामाले ७.५ अंक जोडे। छैटौंमा सुश्रत दाहाल, सातौंमा सुशिल चौधरी, आठौंमा हिराकाजी महर्जन, नवौंमा पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली र दसौंमा सुशिल सुवेदी अट्न सफल रहे।

युवा खेलाडी आशिष फुयाँल ११औं स्थानमा रहे। बनेपाका बिजेश्वर शेवाचार्य १२औं, हेटौडाका कृष्ण थापा १३औं, धरानका विष्णु लिम्बु १४औं र पूर्वनेपाल च्याम्पियन सुरवीर लामा १५औं भए।

यसैगरी, १९ सय मुनि रेटिङमा खेलाडी राकेश रौनियार पहिलो, धरानका प्रज्वल घिमिरे दोस्रो भए। महिलातर्फ बिसेखा जयसवाल पहिलो, मतिना खुसी दोस्रो र लक्ष्मी कँडेल तेस्रो बन्न सफल भए।

विजेता सबै खेलाडीलाई आयोजक चेस नेपालले नगद पुरस्कारद्वारा सम्मान गरेको छ। खेलाडीहरुलाई जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पा र नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध लोकतान्त्रिक किरात राई संघका केन्द्रीय उपाध्यक्ष सर्वधन राईले नगद पुरस्कार प्रायोजन गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार