संक्रमितसँग सम्पर्क भएको १५ दिनमा बल्ल पीसीआर रिपोर्ट!

  ईनयाँपुस्ता  442 पटक हेरिएको

मोरङ : कोरोना भाइरस फैलन नदिन सबै पक्ष संवेदनशील भएर लाग्नु पर्ने हुन्छ। स्थानीय सरकार र स्वास्थ क्षेत्रमा कार्यरत कर्मचारी झनै संवेदनशील बन्नैपर्छ। कोरोना भाइरसले सताइरहेको बेला मोरङको पथरीशनिश्चरेमा भने खासै वास्ता नभएको स्वाब दिनेहरुले अनुभव गरेका छन्।

कोरोना भाइरस लागेको १४ दिनभित्र लक्षण देखिसक्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ। सोहीअनुसार नगर, प्रदेश र मुलुक बाहिरबाट आएका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिँदै आएको छ। पथरीमा एउटा कार्यक्रममा आएका व्यक्ति संक्रमित भएको केही दिनपछिमात्र खुल्यो। संक्रमित व्यक्ति कार्यक्रममा सहभागी भएको थाहा भएपछि एक पथरी त्रास फैलिनु स्वभाविक हो।

सधैं समाचार लागि Click on 'Like'

गत १७ साउनमा भएको कार्यक्रममा संक्रमित व्यक्ति भएको खुलेपछि पथरीशनिश्चरे नगरपालिकाको पहलमा ९५ जनाको २५ साउनमा स्वाब संकलन गरियो। स्वाब संकलन भएको ६ र संक्रमित व्यक्तिसँग कन्ट्र्याक भएको १५ दिनमा शुक्र ९३० साउनमा० बल्ल रिपोर्ट आयो। भाइरसविरुद्ध हालसम्म प्रभावकारी औषधि आइसकेको छैन।

त्यसैले सम्भावित संक्रमितमा भाइरस भए÷नभएको चाँडो पत्ता लगाउन पीसीआर परीक्षण गर्ने हो। सम्भावित संक्रमित व्यक्तिमा भाइरस भए अरुलाई नसरोस् भन्ने उद्देश्यले संक्रमित व्यक्तिलाई आइसोलेसनमा लान पीसीआर परीक्षण गर्ने र रिपोर्ट चाँडोभन्दा चाँडो ल्याउने प्रयत्न गर्नु पर्दछ।

नगरको पहलमा पथरीमा जुन त्रासबीच पीसीआरको लागि स्वाब संकलन भयो रिपोर्ट लिन भने पर्याप्त ध्यान दिएको देखिएन। कोरोना भाइरसको रिपोर्ट लिन ढिलो हुनु नियतमा शंका गरिहाल्ने अवस्था नभएपनि २५ साउनभन्दा पछि पठाइएकाको अगाडि आउनु र पथरीको १५ दिनमा मात्र आउनुले पर्याप्त पहलचाहिँ भएको देखिन्न।

स्वाब दिनेहरुको चौतर्फी दबाब आउन थालेपछि संक्रमित व्यक्तिसँग कन्ट्र्याक भएको १५ दिनमा बल्ल रिपोर्ट आयो।  धन्न परीक्षणमा पठाएको ९५ जनाकै रिपोर्ट नेगेटिभ आयो। कसैको पोजेटिभ आएको भए बिरामी आफै समस्यामा परिसक्ने र अरुलाई सरिसकेको हुन्थ्यो। एक(दुई जनामा मात्र पोजेटिभ आइदिएको भए पथरीशनिश्चरे नगरमै भयावह स्थिति आउँथ्यो।

यस अवस्थाको समेत ख्याल नगरी संक्रमित व्यक्तिसँग कन्ट्र्याक भएको १५ दिनमा रिपोर्ट लिनु आफैमा लज्जाको विषय हो। कोरोना भाइरस लागेको भए देखिएका व्यक्तिलाई रहेछ भन्ने हुन्छ सावधानी अपनाउने दृष्टिकोणले हेर्दा १५ दिनमा रिपोर्ट लिनुको कुनै अर्थ रहँदैन।

पीसीआर परीक्षणको लागि स्वाब दिएका सामाजिक व्यक्ति युवराज बाँस्कोटा चार दिनपछिदेखि भौतिक र सामाजिक सन्जाल फेसबुक प्रयोग गरी रिपोर्ट तुरुन्त ल्याउन दबाब दिँदै आएका थिए।

हरियाली सामुदायिक वन समूहका अध्यक्ष काबुलबहादुर मगर, पूर्वअध्यक्ष रिता गिरी, पत्रकार भूमिप्रसाद पाठक, ईस्वरी दुलाललगायतले पनि दैनिकजसो पथरी अस्पतालका स्वास्थ्य कर्मचारी मुरारी आचार्य, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टलगायतलाई सम्पर्क गर्दै रिपोर्टबारे बुझ्दै आएका थिए।

पथरीको स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँगै स्वाब दिनेहरुले १ नम्बर प्रदेश मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख पथरी घर भएका रामकुमार बस्नेतलाई समेत रिपोर्ट चाँडो पठाउन तारन्तार फोन गर्न थालेका थिए।

कोभिड–१९ अस्पताल विराटनगरको ल्याबमा परीक्षणको लागि बढी नै स्वाब रहेको कारण ढिला भएको उत्तर आउने गरेपनि पथरीमा जुन हिसाबले सनसनी मच्चाइएको थियो, त्यसअनुसार रिपोर्ट लिन प्रयत्न नपुगेको युवराज बास्कोटाको भनाइ छ। स्वाब दिनेहरुको चौतर्फी दबाब र भौतिक रुपमा समेत उत्रिने अवस्था आएपछि मात्र रिपोर्ट ल्याइएको उनको भनाइ छ।

यस पटक रिपोर्ट लिन भएको ढिलासुस्ती हेर्दा साँच्चै पथरीमा कोरोना भाइरसले माहामारीको रुप लियो भने यस्तो चालाले नियन्त्रण गर्न सकिन्छ प्रश्न उब्जाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार