सर्वाधिक धनराशीको अनलाईन चेस प्रतियोगिता हुने

  ईनयाँपुस्ता  513 पटक हेरिएको

सांकेतिक तस्विर

काठमाडौं : सर्वाधिक धनराशीको राष्ट्रव्यापी अनलाईन चेस प्रतियोगिता हुने भएको छ। हेटौडा जेसिसको सहकार्यमा आगामी १३ भदौंमा प्रतियोगिता हुन लागेको हो।

लामो समयदेखि चलिरहेको कोरोना भाइरस महामारीका बीच नेपाल चेस एशोसिएसन (एनसिए)ले पहिलो पटक अनलाईन चेस प्रतियोगिता आयोजना गरेको हो। यसअघि क्लब र खेलाडीहरु आफैंले आयोजना गरी नेपालमा अनलाईन चेस प्रतियोगिता सञ्चालन भइरहेका छन्।

सधैं समाचार लागि Click on 'Like'

यसका बाबजुद एनसिएले २१ हजार ५ सय कुल पुरस्कार राशी भएको प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि ललितपुर स्पोर्ट्स् क्लबले सर्वाधिक धनराशीको टिम च्याम्पियनसिप आयोजना गरेको थियो।

आगामी शनिबार हुन लागेको प्रतियोगिता स्वीस प्रणालीका आधारमा लिचेसमा हुनेछ। ११ चरणसम्म हुने ब्लीज खेल ३ मिनेटको हुनेछ, जसमा खेलाडीले हरेक चालमा २ सेकेन्ट अतिरिक्त समय पाउनेछन्।

बागमती प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष नरेन्द्र भण्डारीका अनुसार यस अनलाइन राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताले महामारीका बेला खेलाडीमा आत्मविश्वास पलाउने विश्वास गरिएको छ।

यस्तै, प्रतियोगिता संयोजक जेसि विकेशलाल श्रेष्ठ देशभर छरिएर रहेका प्रतिभालाई प्रोत्साहन गर्ननिम्ति विभिन्न क्याटोगोरी गरी २४ खेलाडीलाई पुरस्कार प्रायोजन गरिएको बताउछन्। उनका अनुसार हेटौडा जेसिसको जेसिस सप्ताह कार्यक्रम वर्ष २०२० अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार