चेकमेट मेट सिरिजः तेस्रो संस्करणको समय तालिका सार्वजनिक

  ईनयाँपुस्ता  335 पटक हेरिएको

काठमाडौं : तेस्रो संस्करणको ‘चेकमेट मेट सिरिज’ अनलाईन चेस प्रतियोगिताको समय तालिका सार्वजनिक भएको छ। सार्वजनिक समय तालिकाअनुसार सिरिजको तेस्रो संस्करण ३० अगस्ट (१४ भदौं)मा हुने भएको छ।

गत ३१ जुलाई (१६ साउन)मा सिरिजको पहिलो संस्करण सम्पन्न भएको थियो। यसपछि १५ अगस्टमा दोस्रो संस्करण सकिएको थियो। पहिलो संस्करणमा फिडेमास्टर रुपेश जयसवाल र दोस्रो संस्करणमा प्रकाश नेपाल च्याम्पियन बनेका छन्।

सधैं समाचार लागि Click on 'Like'

‘चेकमेट मेट सिरिज’ नेपालका चेस खेलाडीहरुबीच प्रतिस्पर्धी भावना विकाससँगै खेल स्तरोन्नतिको लागि चेस नेपालले आयोजना गर्दै आइरहेको छ। कोरोना भाइरस महामारीका कारण खेल गतिविधिलाई ठप्प हुन नदिन प्रतियोगिताको शृंखला सञ्चालन गरिएको आयोजकले जनाएको छ।

आयोजकले न्युनतम प्रवेश शुल्क लिई विभिन्न समूहका उत्कृष्ट खेलाडीलाई नगदले पुरस्कृत गर्दै आइरहेको छ। निजी स्रोत र व्यक्तिगत प्रायोजकमार्फत् सञ्चालित प्रतियोगितामा व्यावसायिक प्रायोजकसँगको सहकार्यबारे पहल भइरहेको आयोजकले जनाएको छ।

साथै, आयोजकले तीन पटकको विजेतालाई ट्रफी र प्रतियोगिताको टी–सर्टसमेत दिने भएको छ। यसबाहेक तीन पटकको विजेतालाई पुरस्कार रकममा अतिरिक्त रकम थपसमेत गर्ने जनाएको छ।

शृंखलामा सिधैं सहभागी हुन लिंक क्लिक गर्नुस्- चेकमेट मेट सिरिज-3

संक्षिप्तमा चेस नेपाल

चेस नेपाल विशुद्ध चेस क्षेत्रमा काम गर्न स्थापित संस्था हो। यो गैरनाफामूलक संस्था हो। यसको स्थापना हालै भएको हो र यो कानुनी रुपमा ‘चेस नेपाल इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को रुपमा सूचिकृत छ।

यसले चेससँग सम्बन्धित नेपाली र विदेशी खेल तथा खेलाडीबारे जानकारीमूलक सामग्री उत्पादन गर्नका साथै प्रशिक्षणसमेत सञ्चालन गर्नेछ। यससहित नेपाल चेस एशोसिएसन र अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)सँग समन्वय गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ।

चेस नेपालको आधिकारिक फेसबुक पेज- https://www.facebook.com/ChessInNepal/

योपनि पढ्नुस्-

चेकमेट मेट सिरिजः उपाधि रक्षामा रुपेश चुक्यो, एपीएफका प्रकाश नयाँ च्याम्पियन

चेकमेट मेट सिरिज: फिडेमास्टर जयसवाल बने च्याम्पियन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार