आफ्नै कार्यकर्ताद्वारा तरुण दलका नेतामाथि रक्सीको बोतल प्रहार

  ईनयाँपुस्ता  657 पटक हेरिएको

मोरङ:नेपाली कांग्रेससम्बद्ध युवा संगठन तरुण दलको पथरीशनिश्चरे नगर सभापति सन्तोष कटुवालको टाउकोमा रक्सीको बोतल प्रहार हुँदा गम्भीर घाइते भएका छन्।

बुधबार राति मोरङ पथरीशनिश्चरे नगरपालिका-१० जिरिखिम्तीस्थित पूर्वेली होटलमा राति १० बजे आफ्नै साथी सुमन कार्कीले कटुवालको टाउकोमा रक्सीको बोतल प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिपकुमार गिरीले ईनयाँपुस्तालाई जानकारी दिए। बोतल प्रहारबाट कटुवालको कन्चटमा १२ टाँका लागेको प्रहरीले जनाएको छ।

सधैं समाचार लागि Click on 'Like'

घाइते कटुवालको पथरीस्थित पथरी अस्पतालमा टाँचा लगाएर सीटी स्क्यानका लागि विराटनगर पठाइएको थियो। बोतल प्रहार गर्ने कार्की पनि तरुण दलकै कार्यकर्ता हुन्। दुवै पथरी बजारका स्थानीय हुन्।

बोतल प्रहार हुनासाथ प्रहरी नियन्त्रणमा परेका सुमन कार्कीलाई अभद्र व्यवहारमा विहीबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। बिरामीको अवस्था हेरेर ज्यान मार्ने उद्योगमा मुद्दा परिणत हुन सक्ने डीएसपी गिरीले बताए।

कार्की कुटपिट (अभद्र व्यवहार) मुद्दामा फरार भई बुधबारै जिल्ला अदालत मोरङमा धरौटी बुझाएर फर्किएका थिए। दुवै सँगै बसेर मादकपदार्थ पिउने क्रममा उत्पन्न मनमुटावपछि कार्कीले कटवालमाथि बोतल प्रहार गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार