कोरोना महामारीबाट प्रभावित विपन्न वर्ग लक्षित फुडबैंक सुरु

  अर्जुन जम्नेली राई  321 पटक हेरिएको

मोरङ : कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवार लक्षित फुडबैंक सञ्चालनमा आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकामा विपन्न परिवारलक्षित फुडबैंक शुरु भएको हो।

स्थानीय प्रदीपकुमार राई, सुमन कुरुङ्बाङ, गणेश थक्लुङ, अनु राई, पुष्प लामा, संगीता दुलाललगायतले शुक्रबारदेखि १० नम्बर वडा कार्यालयनजिकै एक साताका लागि फुडबैंक सञ्चालन गरेका हुन्।

सधैं समाचार लागि Click on 'Like'

कोरोना भाइरस महामारीबाट प्रभावित अशक्त, अपांगता, मजदुर, जेष्ठ नागरिक, कामबाट वञ्चित, एकल महिला, अति विपन्न परिवारलाई राहत दिने उद्देश्यले फुडबैंक सुरु गरिएको हो।

‘हामी छौ त केवल एक अर्काको लागि’ भन्ने नाराका साथ सुरु गरिएको यस कार्यक्रमको पहिलो दिनमै १९० जनाले राहत लिएको प्रदिप राईले ईनयाँपुस्तालाई जनाए। राईसहितको टिमले कोरोना प्रभावित परिवारका लागि ५ किलो चामल, आधा केजी दाल र आधा लिटर तेल प्रदान गर्दै आइरहेको छ।

कार्यक्रम सुरु भएको दिन १० नम्बर वडा अध्यक्ष सागर थुलुङ राई, ७ का सदस्य काशिहाङ राई, प्रदिप फुयाल, मनिष सम्बाहाम्फे, अशोक राई, उमेश गुरागाई, आन्नपूर्ण बोर्डिङ स्कुल, आशिष चर्चलगायत ३९ स्थानबाट ५० देखि ३०० किलोसम्म चामलसहितका खाद्यान्न संकलन गरिएको अभियानकर्मी सुमन कुरुङ्बाङले जानकारी दिए।

‘भए दिएर जाउ, नभए लिएर जाउ’ भन्ने नाराका साथ मोरङको केराबारी, कानेपोखरीलगायत अभियान चलिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार