समाज खण्डित गर्ने शब्द प्रयोग नगर्न पत्रकारलाई फोनिजको आग्रह

  ईनयाँपुस्ता  255 पटक हेरिएको

मोरङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले समाजलाई एकापसमा विभाजन ल्याउने शब्द र विषय प्रस्तुत नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।

गोरु काटेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिकुल आलम प्रहरीको गोली लागि मृत्यु भएको विषयमा विभिन्न सञ्चारमाध्यमले साम्प्रदायिक भड्कावलाई सहयोग पुग्ने शब्द प्रयोग भएको भन्दै फोनिज १ नम्बर प्रदेश समितिले यस्तो आग्रह गरेको हो।

सधैं समाचार लागि Click on 'Like'

फोनिज १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईको अध्यक्षतामा शुक्रबार बसेको सचिवालयको भर्च्युअल बैठकमा सो विषयमाथि छलफल गरी निर्णय भएको महासचिव बिदुर खवासले बताए।

झापामा मुस्लिम समुदायले गोरु काटेको विषयमा केही रेडियो, छापा तथा अनलाइन र सोसल मिडियामा एकातर्फलाई उक्साउने ढंगले गौ हत्या गरेको, गाई नै काटेकोजस्ता शब्द तथा विषय प्रस्तुत भएको भन्दै त्यसो गर्न नहुने फोनिजले आग्रह गरेको हो।

कुनै समुदायलाई उक्साउने, भड्काउने र होच्याउने शब्द प्रयोग गर्नु पत्रकारिताको आचारसंहिताविपरीत भएकाले यस्ता विषय नियन्त्रण गर्न सरकार लाग्नुपर्ने फोनिजले आग्रहसमेत गरेको छ। यस्ता विषयप्रति समयमै संयमता नअपनाइए सामाजमा द्वन्द्व बढ्ने फोनिजको ठहर छ।

सचेत सन्चारकर्मी र मिडिया हाउसले समुदायको धार्मिक, साँस्कृतिक समास्या हुँदै आएको कानुन संशोधन गर्नतर्फ लाग्नुपर्ने फोनिजको धारणा रहेको छ। संघीय गणतान्त्रिक नेपाललाई सम्वृद्धी निर्माणको लागि आम नेपाली एकले अर्कोलाई सम्मानको वातावरण बनाउनु पर्ने विषयमा फोनिज प्रदेश १ को बैठकमा छलफलपछि निर्णय भएको उपाध्यक्ष भूमिका फ्याक लिम्बूले बताइन्।

बैठकले गत २७ साउनमा २१ औं स्थापना दिवसका दिन भएको कार्यक्रमको समीक्षा गर्नुका साथै फोनिजको १४ जिल्लालाई कोरोना भाइरसविरुद्ध राहत रकम पुर्याउने र भावी योजनाबारे छलफलसमेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार