राष्ट्रव्यापी अनलाईन चेस: उच्च वरियताका सिएम विवेक च्याम्पियन

  ईनयाँपुस्ता  392 पटक हेरिएको

काठमाडौं : नेपालकै उच्च वरियताका खेलाडी क्यान्डिडेट मास्टर (सिएम) विवेक थिङ सर्वाधिक पुरस्कार राशीको अनलाईन चेस प्रतियोगितामा च्याम्पियन बनेका छन्। शनिबार अपराह्न सम्पन्न हेटौंडा जेसिस राष्ट्रव्यापी अनलाईन चेस प्रतियोगितामा विवेक च्याम्पियन बनेका हुन्।

नेपालकै नम्बर एक चेस खेलाडीसमेत रहेका सिएम विवेकले ११ राउन्डको खेलमा ९.५ अंक बटुल्दै च्याम्पियन बनेका हुन्। उनले समग्रमा ९ जीत, एक बराबरी र एक खेल गुमाएका थिए। प्रतियोगितामा झापाका युवा खेलाडी सुश्रत दाहाल दोस्रो भए। उनले ११ राउण्डको समाप्तिमा ९ अंक बटुले। दुई बराबरी र एक हार व्यहोरेका सुश्रतले ८ खेल जिते।

सधैं समाचार लागि Click on 'Like'

तेस्रोमा फिडेमास्टर मनिष हमाल आए। पूर्व नेपाल च्याम्पियनसमेत रहेका मनिषले सुश्रतसँग समान ९ अंक जोडेको भए तापनि टाइब्रेकमा तल पर्दै तेस्रोमै चित्त बुझाउनु परेको हो। मनिषले दुई खेल गुमाउनुका बाबजुद ९ खेल जितेका थिए।

यस्तै, झापाकै राजन सुवेदीले चौथो स्थान सुरक्षित गरे। राजनले पूर्व नेपाल च्याम्पियन बद्री नेपालीसँग समान ८.५ अंक जोडेको भए तापनि टाइब्रेकमा तल पादै चौथो स्थान कब्जा गरेका हुन्। यता टाइब्रेकमा तल परेका बद्री नेपाली पाँचौं स्थानमा खुम्चिए। बद्री नेपाली तीन पटकको नेपाल च्याम्पियन हुन्।

देशभरका शीर्ष वरियताका खेलाडी सम्मिलित प्रतियोगितामा जम्मा १४० खेलाडी सहभागी थिए, जसमध्ये उत्कृष्ट १५ सहित विभिन्न उमेर समूह र विधाका गरी २४ खेलाडीलाई पुरस्कृत गरिनेछ।

बुद्धिचाल डटकमको प्राविधिक सहयोग रहेको प्रतियोगिता हेटौडा जेसिसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन चेस आयोजना गरिएको हो। प्रतियोगिताका लागि मकवानपुर जिल्ला बुद्धिचाल सङ्घले व्यवस्थापन गरेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशी २१ हजार ५०० रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार