अस्पतालको ढोका नखुल्दा अकालमै बिरामीको मृत्यु

अस्पतालको गैरजिम्मेवारीले ६२ वर्षीया वृद्धाको गयो ज्यान

  अर्जुन जम्नेली राई  1958 पटक हेरिएको

मोरङ : कोरोना भाइरस महामारीको त्रास विश्वभर व्याप्त छ। अझ कोरोना संक्रमणअघि बिरामी तान्न विभिन्न उपाय अपनाउने अस्पतालहरुले अहिले ढोका नखोल्दा सामान्य बिरामीले अकालमा ज्यान गुमाउनु परेको तथ्य खुलेको छ।

घटना मोरङ पथरीशनिश्चरे नगरपालिका-२ को हो। झापा, मोरङ र सुनसरीको विभिन्न अस्पताल घुमाउँदा पनि अस्पतालको ढोका नखोलिँदा ६२ वर्षीया वृद्धा सानकुमारी राईले अकालमा ज्यान गुमाउनु परेको हो।

सधैं समाचार लागि Click on 'Like'

गत १० भदौंमा बिहानसम्म ठमठमी हिँड्दै गरेका सानकुमारीलाई अपरान्ह छाती दुखेको महसुश भयो। नजिकैको क्लिनिकबाट औषधि ल्याएर खाए।

तर, केही घण्टापछि पिसाब नआउने समस्या भयो। यसपछि छोरी लिलासँग पथरीको मोरङ अस्पतालमा भर्ना भए। त्यहाँ पाइप लाएर पिसाब निकाल्ने प्रयास गरिए पनि असफल भएपछि अस्पतालले झापा बिर्तामोडको ूबी एण्ड सीू अस्पताल रिफर गर्यो।

मोरङ अस्पतालको रिफरअनुसार एम्बुलेन्समा झापा बिर्तामोडको ‘बी एण्ड सी’ पुर्याुए। कोरोना भाइरसको कारण जनाउँदै अस्पतालले ढोका खोल्न मानेन।

बिर्तामोड पुर्योउँदा लामो समय भएको कारण पिसाबले पोल्ने र बिरामीको पेट फुलिन थालिसकेको थियो। पिसाबले पोलेर बिरामी छटपटाइरहेकाले ‘बी एण्ड सी’ अस्पताल खोल्न अनुनय विनय गर्दा पनि गेट नखोलेको मृतककी छोरी लिलाले बताइन्।

‘बी एण्ड सी’ नखुलेपछि बिराटनगरको नोबेल अस्पताल पुर्या्ए। त्यहाँ अस्पताल नै शील थियो। पिसाब रोकिएको कारण बिरामीको पेट झनै बढेसँगै छटपटी पनि बढ्दै थियो। त्यसपछि मोरङ बिराटनगर अस्पताललगायत बिराटनगरका चार अस्पताल घुमाउँदा कसैको गेट नखुलेको बिरामी लिएर गएका छोरी लिलाले बताए।

तर, यतिञ्जेलसम्म बिरामीको पेट फुलिएर ठूलो भइसकेको थियो। छटपटी बढेर अवस्था कमजोर हुँदै थियो। १० गते साँझदेखि घुमाउन थालेको झापा र मोरङको ६ वटा अस्पताल चहार्दा ११ गते बिहानको ४ बज्न लागेको थियो।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा बुझ्दा त्यहाँ पनि नखुल्ले सूचना आएपछि अन्तिममा बिराटनगरकै कोशी अस्पताल पुर्यािए। त्यसबेला बिहानको करिब ५ बजिसकेको थियो।

त्यहाँ पनि तुरुन्त ढोका खुलेन। कोरोनाको जोखिम भएको भन्दै १ घण्टा अलमल भएपछि बिरामी अति पीडाले बेहोस हुन थालिसकेका थिए।

अस्पतालको गेटमा बिरामी बेहोस हुन थालेपछि छोरी र आफन्तहरु रोइकराइ गर्न थाले। बल्ल अस्पतालले जोखिम लिनुहुन्छ भने हुल्नुस् भन्दै गेट खोलेर सामान्य बेडमा राखेर अक्सिजन जडान गरिदिएको छोरी लिलाले बताइन्।

अस्पतालले अक्सिजन जोडिदिँदासम्म आमाको मृत्यु भइसकेको लिलाको भनाइ छ। उनको पिसाब नलीमा स्टोन ९पत्थरी० अड्किएर मुत्र बन्द भएको मृतककी छोरी मेनुकाले बताइन्।

अस्पतालहरुले गेट नखोल्दा सामान्य बिरामीमै आमा गुमाउन परेकामा अस्पातल र सरकारी पक्ष गम्भीर हुनुपर्ने छोरी मेनुकाको भनाइ छ। उनले भनिन्, ‘हामीले त आमा गुमायौं, अरुलाई त्यस्तो नपरोस्।’

जन्डिसको उपचार नपाएर नवराजको पनि गयो ज्यान

अस्पतालको ढोका नखुल्दा सानकुमारीको मात्र होइन, पथरीशनिश्चरे-१, पथरी बजारकै नवराज राईको पनि उपचार नपाएर शनिबार (भाद्र १३) मृत्यु भएको पथरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धनकुमार तामाङले बताए।

जन्डिसबाट पीडित आर्थिक अवस्था कमजोर भएका राईको उपचारको लागि पथरीकै मोरङ अस्पतालमा भर्ना गरिएको थियो। सिकिस्त हुँदै गएपछि शुक्रबार सहयोग संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याजए पनि उनलाई बचाउन सकिएन।

त्यहाँ कोरोनाको कारण दर्शाउँदै बिरामीलाई भर्ना लिन मानेन। भर्ना गर्न विभिन्न माध्यम र व्यक्तिलाई अनुरोध गरेपनि ३ घण्टासम्म भर्ना नलिएपछि घरैमा फर्काएको थियो। र, शनिबार बिहान उनको मृत्यु भएको तामाङले जनाए।

यसरी कोरोनाकै त्रासबीच सामान्य बिरामीका लागि अस्पतालको ढोका नखुल्दा उपचार अभावमा अकालमै मृत्युवरण गर्नु परेको छ।

पिसाब रोकिएको कारण मृत्युवरण गरेका ६२ वर्षीया सानकुमारीको पिसाबमात्र खोल्न सकिएको भए बचाउन सकिन्थ्यो। तर, अस्पतालहरुको गैरजिम्मेवारीपनका कारण सानकुमारीजस्ता धेरै बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार