चेस छाडेर फेरि गीतमार्फत् झुल्किए सुरज

  ईनयाँपुस्ता  384 पटक हेरिएको

तस्विरः भिडियो स्क्रिनसट

काठमाडौं : चेस खेलाडी सुरज सिंह लामो समयपछि नयाँ गीत लिएर दर्शक/स्रोतामाझ झुल्किएका छन्। आफ्नै रचना र संगीत रहेको ‘त्यो मनमा’ बोलको गीतमार्फत् सिंह पुनः झुल्किएका हुन्।

यसअघि दर्जनौं गीतमा स्वर दिइसकेका सिंह केही समय चेस खेलतिरै व्यस्त हुन थालेका थिए। तर, महिनौं लामो लकडाउनको समयमा उनी एक्कासि नयाँ गीतमार्फत् सार्वजनिक भएका हुन्।

सधैं समाचार लागि Click on 'Like'

भर्खरै माया/प्रेममा पर्न लागेकालाई समेटेर तयार गरिएको गीतमा सिंहलाई महिला स्वरमा रानी शाक्यले साथ दिएकी छन्। सोमबारमात्रै युट्युबमार्फत् सार्वजनिक गरिएको गीतको भिडियोमा निक सिंह र सिम्रन खड्काले अभिनय गरेका छन्। निक गायक सिंहकै छोरा हुन्। उनी पनि गायक हुन्।

नितिन चन्दको निर्देशन रहेको भिडियोको छाँयाकन र सम्पादन रुपेश थापाले गरेका छन्। गीतमा संगीत संयोजन भिषण मानन्धरले गरेका हुन्।

म्युजिक भिडियो-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार