२० दिनपछि रिहा भएका सुकुम्बासी नेता लिम्बुको स्वागत विजयी शैलीमा

  अर्जुन जम्नेली राई  1178 पटक हेरिएको

मोरङ : थुनामा रहेको २० दिनपछि रिहा भएका सुकुम्बासी नेता मौसम लिम्बुको स्वागत विजयी शैलीमा गरिएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिका अध्यक्ष लिम्बू २० दिनपछि बिहीबार रिहा भएका हुन्।

रिहाइपछि अध्यक्ष लिम्बूलाई वडा नम्बर १० ऎयाबारी, ७ किरात चोक र ३ नम्बर वडाको सिरिजंङ्गा चोकमा लिम्बू समुदायको च्याब्रुङ्ग नाच, नर्सिङ्गासहित स्वागत सम्मान गरे। साझा संघर्ष समितिको आयोजनामा १० नम्वरमा उपाध्यक्ष ज्ञानेन्द्र राई, सचिव कुबेर घतानी, ध्रुव मगरलगायत सयौ जनाले एक कार्यक्रमबीच लिम्बुलाई सम्मानसमेत गरिएको छ।

सधैं समाचार लागि Click on 'Like'

त्यसैगरी, समितिकै ७ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूको नेतृत्व र ३ मा अध्यक्ष सरोज योङहाङ्गको टोलिले कार्यक्रमबीच स्वागत गरेका थिए। अध्यक्ष लिम्बूलाई अबिर, माला लगायर किरात चौकदेखि च्याब्रुङ र नर्सिङ्गा बजाएर नाच्दै सिरिजंङ्गा चौक पुर्याएर स्वागत गरेका थिए। लिम्बूको सम्मानमा सिरिजंङ्गा चोकमा चियापानसमेत गरिएको थियो।

सो क्रममा लिम्बूले भोगको आधारमा जग्गा धनिपुर्जा नपाएसम्म आन्दोलन जारी रहने बताए। सुकुम्बासीको आगामी आन्दोलनबारे समितिले समीक्षा बैठक गरी संघर्षका कार्यक्रम तय गर्ने उनले जनाए। साथै, उनले सुकुम्बासी संस्थालाई राजनीतिक दलहरुले हस्तक्षेप गर्न नहुने बताए। अदालतले तोकेको ३० हजार रुपैयाँ देशविदेशमा रहेका सुकुम्बासी आन्दोलनका समर्थकहरुले पठाई दिएको लिम्बूले बताए।

पथरीशनिश्चरे नगरपालिका सुकुम्बासीहरुको बाहुल्यता रहेको नगर हो। पछिल्लो समयमा आम सुकुम्बासीको हकहितमा मौसम लिम्बू लाग्दै आएका छन्।

पथरी बजारमा स्वास्थ्यसम्बन्धी व्यवसाय गर्दै आएका ईश्वरी सापकोटाको उजुरीको आधारमा लिम्बूलाई गत ३१ साउनमा प्रहरीले नियन्त्रणमा लिई अभद्र व्यव्हारसम्बन्धी मुद्दा चलाएको थियो।

ईश्वरी सापकोटाको बाबुले खरिद गरेको जग्गा अपुग भएको भन्दै पूरा गरिदिन पथरी शनिश्चरे नगरपालिकामा निवेदन दिएका थिए। नगरमा उजुरी दिएको थाहा पाएपछि सँधियार तीन परियारले सुकुम्बासी संस्थामा निवेदन दिएर जग्गा आफ्नो नाउमा ल्याउन पहल गरिदिन भनेका थिए।

सापकोटा परिवारले भूमाफिया शैली अपनाएको भन्दै सुकुम्बासी नेता लिम्बूसहितको टोलीले सापकोटा परिवारलाई सोधखोज गरेका थिए।

सुकुम्बासी संस्थाले जग्गा उपभोग गर्दै आएका व्यक्तिहरुलाई निशर्त पास गरिदिनु पर्ने भनेका थिए। भूमाफियाबाट भोगको आधारमा स्वतः धनिपुर्जा पाउने पर्ने आम सुकुम्बासीहरुको माग हो।

ईश्वरी सापकोटा र सुकुम्बासीहरुबीच कुरा नमिलेपछि संस्थाको नाममा कार्यक्रमसहित गत २९ साउनमा सापकोटाको घरछेउm जग्गामा कालो झण्डा गाडेका थिए। सुकुम्बासी संस्थाले ईश्वरी सापकोटाले भूमाफिया शैली अपनाएको ठहर गर्दै कालो झण्डा गाँडेको जिकिर गर्दै आइरहेको छ।

यता सापकोटाले भने सुकुम्बासीको नाममा लिम्बूबाट धाकधम्की आएकाले ज्यानको सुरक्षा पाऊँ भनी ईलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको बताएका छन्। सोही उजुरीको आधारमा लिम्बू नगरपालिका-१० मा संस्थाको बैठकमा जाने क्रममा प्रहरी पक्राउ गरेका थिए। लिम्बू पक्राउ परेको दुई दिनसम्म सुकुम्बासीले ईलाका प्रहरी कार्यालय पथरी र नगरपालिका घेराउ गरेका थिए।

त्यसपछि अध्यक्ष लिम्बूलाई छुटाउन आन्दोलन गर्न नहुने केही कांग्रेसनिकट व्यक्ति लागेपछि सुकुम्बासीहरु प्रदर्शन बन्द गरेका थिए। तर, लिम्बू तत्काल छुटेनन् र प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउने करिब पूरै दिन थुनिए।

सापकोटाले अध्यक्ष लिम्बूलाई निकाल्ने भन्दै आफ्नो जग्गामा गाँडिएको कालो झण्डा सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको उपाध्यक्ष ज्ञानेन्द्र राई, सुरेशचन्द्र मण्डल लगायतलाई निकाल्न लगाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार