• साझाको सेवा सुचारु

    काठमाडौं : लकडाउनपछि पहिलो पल्ट साझा यातायात सञ्चालनमा आएको छ। साझाले विहीबारबाट २६ वटा बसमार्फत् राजधानी काठमाडौंभित्र सेवा सञ्चालन सुचारु गरेको हो। साझाका व्यवस्थापक महेन्द्र पाण्डेका अनुसार आवश्यक सुरक्षा सतर्कता अपनाएर काठमाडौंभित्रका अधिकांश रुटमा बस सेवा सुचारु गरिएको छ। बसमा चालक र सहचालकलाई माक्स र पञ्जा...

  • नेपालमा बुधबार थपिए ११६ संक्रमित

    काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार नाघेको छ। बुधबार थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै १७ हजार १७७ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार बुधबार काठमाडौंका ७ सहित विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका छन्। उनीहरुको देशभरका प्रयोगशालामा गरिएको परीक्...

  • ६ खर्ब ६४ अर्ब फछर्योट गर्न बाँकी, चार खर्ब १८ अर्ब बेरुजु

    काठमाडौं : मुलुकका विभिन्न निकायको आव २०७५–७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछ्र्योट गर्नुपर्ने रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार पेश गरेको महालेखापरीक्षकको ५७औँ वार्षिक प्रतिवेदन २०७७ अनुसार ...

  • नेकपा दोस्रो तहका नेताहरु भन्छन्– स्थायी समिति बैठक सरिरहनु उपयुक्त हुँदैन

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पटक–पटक स्थगित भएसँगै दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। छलफलमा सहभागी दोस्रो तहका नेताहरुले सहमतिको नाममा स्थायी समिति बैठक स्थगित भइरहनु उपयुक्त निर्णय नभएको बताएका छन्। लामो अन्योलपछि गत १० असारबाट सुरु स्थायी समिति बैठक अहिले...

  • मेलम्ची सुरङबाट बेपत्ता इन्जिनियरको शव भेटियो

    सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ। परीक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा मंगलबार दिउँसो दुई जना बेपत्ता भएका थिए। तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसरनजिक...

  • नेपालमा ६ हजार ६९५ मात्रै कोरोनाका ‘एक्टिभ केस’

    काठमाडौं : नेपालमा मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। यससँगै संक्रमित हुनेको कुल संख्या १७ हजार ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नयाँ संक्रमितहरु धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५-५ जना, पाल्पा र जुम्लाका ४-४ जनासह...

  • पोलिमर नोट प्रकरणमा मुछिएका पूर्व गभर्नर रावलसहित तीनै जनालाई सफाई

    काठमाडौं : पोलिमर नोट छपाई प्रकरणमा भएको भ्रष्टाचारको सम्बन्धमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर तिलकबहादेर रावलसहित तीनैजनाले सफाइ पाएका छन्। विशेष अदालतको मंगलबारको पूर्ण इजलासले उक्त मुद्दामा रावलसहित नेपाल राष्ट्र बैंक नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टक...

  • प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टोक्ति

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्ति कुनै राजनीतिक र कसैको भावनामा चोट पुर्याउने नियत नभएको स्पष्ट पारिएको छ। सोमबार २०७औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाली स्पष्ट पारेको छ। प्र...

  • प्रधानमन्त्री ओलीले भने– भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍यो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्। सोमबार बालुवाटारमा आयोजित भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज प...

  • तस्विरमा ८० प्रतिशत काम सकिएको पुनर्निर्मित रानीपोखरी

    काठमाडौं : रानीपोखरी पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ। पाँच वर्षअघि १२ वैशाखमा गएको भूकम्पबाट रानीपोखरी क्षतिग्रस्त बनेको थियो। क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण जिम्मा गत वर्षको १४ वैशाखदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको थियो। दुई वर्षअघि राष्ट्रिय भूकम्प दिवसको अवसरमा राष्ट्रपति विद्य...