• बलिउड नायक इरफान खानको निधन

    काठमाडौं : बलिउड नायक इरफान खानको निधन भएको छ। बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा उनको निधन भएको हो। उनी भर्खर ५४ वर्ष प्रवेश गरेका थिए। उनलाई करिब एक हप्ताअघि कोलोन इन्फेक्सनका कारण अस्पतालको आईसीयुमा राखी उपचार गरिँदै थियो। यहीँ अवस्थामा उनको आमाको चार दिनअघि जयपुरमा देहान्त भएको थियो। ...