काण्डैकाण्डको जवाफ प्रधानमन्त्रीले दिनुपर्छः राष्ट्रियसभा सदस्य पाण्डे

  ईनयाँपुस्ता  188 पटक हेरिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भइरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै पाण्डेले सरकार एकपछि अर्को गर्दै काण्डै काण्डमा मुछिदै गएको भन्दै ती सबै काण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

प्रमुख प्रतिपक्षी दलले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसनको अडियो, प्रधानमन्त्रीको जन्मोत्सव लगायतबारे प्रधानमन्त्रीको जवाफ मागिरहेका बेला सरकार मौन बसेकोमा आक्रोश पोख्दै उनले प्रधानमन्त्री संसदबाट भागेर नभई संसदमा आएर जवाफ दिनुपर्ने बताए। उनले भने, “प्रधानमन्त्री संसदबाट भागेर होइन । संसदमा आएर यो कुराको जवाफ दिनुपर्छ ।”

सधैं समाचार लागि Click on 'Like'

उनले बाँस्कोटालाई सुपुत्र वा सो सरह व्यवहार गर्ने प्रधानमन्त्रीले उनलाई कारवाही गर्न सचिवालय बैठकमा कुरा उठ्दा बचाउ गरेको र ‘यो विषय पार्टीको एजेण्डा हुन सक्दैन’ भन्दै रोकेकाले प्रधानमन्त्री स्वयंममा पनि शंका उब्जाएको बताए।

सञ्चारमन्त्रालय अन्तर्गतका आयोजनाहरुमा अर्बौं भ्रष्टाचारको खेल भएको भन्दै उनले ७० करोड कमिसन काण्डको अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिए। एकपछि अर्को गर्दै सरकार काण्डै काण्डमा मुछिदै गएको र एउटा काण्डलाई ढाकछोप गर्न सरकार स्वयम्ले अर्को काण्ड श्रृजना गर्ने गरेको आरोप पनि लगाए।

प्रधानमन्त्रीको भव्य जन्मोत्सव समारोहमा ८२ लाख खर्च भएको तथ्यांक बाहिर आएको भन्दै उनले विवादित कम्पनी यति होल्डिङको हेलिकोप्टरबाट केक लगेर नेपालको नक्सालाई टुक्रा टुक्रा पारी खाने कामलाई त्यहाँका जनताले के भने होलान् भनि प्रश्न गरे।

प्रधानमन्त्रीले आफ्नो जन्मोत्सवमा देखाएको क्रियाकलापले सत्ता र शक्तिको उन्मादमा मान्छे कति धेरै र्निलज्ज हुदा रहेछन् भन्ने स्पष्ट देखाएको पनि उनले आरोप लगाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार