कोरोना भाइरस संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

  ईनयाँपुस्ता  335 पटक हेरिएको

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ। ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ।

पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए। उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हृयारो निवासी जयलक्ष्मी राईलाई उद्यृत गर्दै अनलाइनखबरले जनाएको छ।

सधैं समाचार लागि Click on 'Like'

लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो। केही दिनअघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए। त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए।

अनलाईनखबरका अनुसार मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो। अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ।

संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार