युएईमा कोरोनाभाइरस संक्रमित दुई नेपाली निको भए

  एजेन्सी  269 पटक हेरिएको

काठमाडौं : यूएईको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित दुई नेपाली नागरिक निको भएको जनाएको छ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा. फरिदा अल होसेनीले दूई नेपालीसहित ३ जना व्यक्ति निको भएकी जनाएकी छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार निको हुने अर्को एकजना इरानी नागरिक छन्।

सधैं समाचार लागि Click on 'Like'

सोमबार आयोजित पत्रकार सम्मेलनमा डा. फरिदाले यससहित यूएईमा कोरानाभाइरसबाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन्। साथै, कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार