प्रदेश १ सरकारको बजेट बहुमतले पारित

  ईनयाँपुस्ता  252 पटक हेरिएको

विराटनगरः प्रदेश १ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन विनियोजन विधेयक २०७७ बहुमतले पारित भएको छ।

बुधबार प्रदेशसभा बैठकमा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथिको छलफल र जवाफ आएसँगै विनियोजन विधेयक बहुमतबाट पारित भएको हो। बैठकमा मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री तथा मन्त्रालयगत रुपमा प्रदेशका मन्त्रीले जवाफ दिएका थिए।

सधैं समाचार लागि Click on 'Like'

कांग्रेसले विनियोजन विधेयकमाथि एक सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखेको थियो। सांसद शेखरचन्द्र थापाले बजेटमार्फत् मुलभूत विषय सम्बोधन नभएकाले खर्च कटौतीको प्रस्ताव राखेको बताए।

खर्च कटौतीको प्रस्ताव फिर्ता लिन सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अनुरोध गरेपनि फिर्ता नलिएपछि विनियोजन विधेयक बहुमतले पारित गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार