सर्वाधिक धनराशीको राष्ट्रव्यापी अनलाईन टिम चेस च्याम्पियनसिप हुने

  ईनयाँपुस्ता  681 पटक हेरिएको

सांकेतिक तस्विर

काठमाडौं : सर्वाधिक धनराशीको राष्ट्रव्यापी अनलाईन टिम चेस च्याम्पियनसिप हुने भएको छ। ललितपुर स्पोर्टस् क्लबको आयोजनामा आगामी २१ असारदेखि पन्चलाल–कृष्णमाया महर्जन स्मृति राष्ट्रव्यापी अनलाईन टिम चेस प्रतियोगिता हुने भएको हो।

स्वीस लिग प्रणालीअनुसार खेलाइने यस प्रतियोगितामा ३० टिम गरी १२० खेलाडीको सहभागिता रहने क्लबले अनुमान गरेको छ। कुल २० हजार पुरस्कार राशी रहेको यस प्रतियोगितामा विजेताले ४ हजार पाउनेछन्। यो नै नेपालमा अहिलेसम्म खेलाइएको अनलाईन चेस प्रतियोगिताको सबैभन्दा बढी राशी हो।

सधैं समाचार लागि Click on 'Like'

यसैगरी, उपविजेता टिमले ३६ सय र तेस्रोले २८ सय नगद पुरस्कार पाउने क्लबले जनाएको छ। क्लबले चौथोलाई २४ सय, पाचौंलाई २ हजार, छैठौंलाई १६ सय,सातौंलाई १२ सय, आठौंलाई हजार, नवौंलाई ८०० र दसौंलाई ६०० नगद पुरस्कार दिइनेसमेत जनाएको छ।

प्रतियोगितामा व्यक्तिगततर्फ खुल्ला, १९०० रेटिङमुनि, १७०० रेटिङमुनि, १५०० रेटिङमुनि र महिलातर्फ १–१ जना गरी ४ खेलाडीलाई समेत पुरस्कृत गरिने कार्यक्रम संयोजक राजु ताम्राकारले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार